दक्षिण झापामा भेटिए पुरातात्विक सामग्री « Khabarhub

दक्षिण झापामा भेटिए पुरातात्विक सामग्री


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

झापा- दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।

“ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भनिन्, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।”

गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उनले बताइन् । बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन् । “हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्”, उनले बारीका इँटा देखाउँदै भनिन् । च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताए । “मैले पनि त्यहाँ भेटिएका अनौठा इँटा हेरेको छु,” उनले भने, “अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएकाले ती वस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । ती सामान पुरातात्विक महत्त्वका हुन् भनेर चाँही सजिलै अनुमान गर्न सकिन्छ ।”

सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा विसंं २०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्व विभाग र इतिहासका अन्वेषकहरुले चासो राख्नुपर्नेमा जोड दिए । उनका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ । हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताए ।

ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उनको भनाइ छ । हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रुपमा किच्चकबध स्थललाई मानिएको छ । किच्चकबध स्थलमा विराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनार सतहमुनि पुरिएको अनुमान गरिएको छ ।

जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन् गरेर निकालिएका छन् । च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटा किच्चकबध स्थलमा उत्खनन्बाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेका पत्रकार सापकोटाले जानकारी दिए । उनका अनुसार हल्दिबारी–४ मै खेतबारीमा पूरानो पर्खालको एउटा भग्नावशेषसमेत भेटिएको छ ।

स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङगीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ०९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक