खोटाङबाट चोरीमा संलग्न तीन जना पक्राउ « Khabarhub

खोटाङबाट चोरीमा संलग्न तीन जना पक्राउ


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा चोरीमा संलग्न तीन पक्राउ परेका छन् । दुई घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका धनमाल चोरीमा संलग्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका १९ वर्षीय कृष्ण बिक, ३९ वर्षीय पर्शुराम बिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तहरुमाथि गत मंसिर १३ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका देवराज घिमिरेको नगद, सुन, पुराना पैसा, लत्ता कपडा लगायत पाँच लाख ७१ हजार बराबरको धनमाल तथा मंसिर २० गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शान्ता राईको सुन, चाँदी, पुराना सिक्का गरी तीन लाख ७२ हजार बराबरको धनमाल चोरी गरेको अभियोग छ ।

घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिए । 

शंकित मानिएका कृष्णलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि क्रमशः इन्द्र र पर्शुरामको संलग्नता खुलेको हो । गत पुस २९ गते इन्द्रको घर खानतलासी गर्दा चोरी भएकामध्ये सिक्का, लत्ताकपडा, चाँदीका चुरा लगायतका नगद र सामान बरामद भएको थियो । 

अभियुक्त विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : १६ बजे

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत

प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल

काठमाडौं – ‘म्याथ सिक्ने भए…’ भन्ने गीतले विवादमा परेको फिल्म

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको