राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ « Khabarhub

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।

प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टा भित्रै पक्राउ गरिएको जानकारी दिए ।

अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उनले बताए । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।

प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए ।

कारागारमा पुरुष कैदीबन्दीका ‘ए’ र ‘बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै गरी कुल तीन ब्लकमा ३९५ कैदीबन्दी थिए । जसमा २३ महिला छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र