काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै « Khabarhub

काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सवसम्बन्धी समन्वयात्मक छलफल भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जनाए ।

महोत्सवमा कम्तीमा १२ वटासम्म विधाका खेल समावेश गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी खेलाडीलाई खाना तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ । टिम दर्ताका लागि सबै खेलका लागि रु दुई हजारका दरले शुल्क लाग्नेछ र सबै विधाका खेलमा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रोलाई रु १० हजार नगद पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

जिसस प्रमुख गौतमले खेलकुदसँग सम्बन्धित सबै संयन्त्रलाई जिल्लामा आयोजित खेलकुद महोत्सवमा जुट्न आह्वान गरेका छन् । उनले जिल्लामा सञ्चालन गरिने यस्ता खेल महोत्सवबाट नयाँ र कर्मशील खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । महोत्सव उद्घाटन पनौतीको क्षेत्रीय रङ्गशालाबाट गरिने र धुलिखेल, बनेपा र पनौतीमा खेलाइने समेत गौतमले बताए ।

खेल महोत्सवका लागि खर्च तथा बजेट जिल्लाभित्रैबाट व्यवस्थापन गरिने र रु ५० लाख लागतको अनुमान गरिएको आयोजकले जनाएको छ । माघ ९ गतेसम्म टिम दर्ताको मिति तय भएको र आवाश्यकतानुसार खेलका विधा थप्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ५३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब