काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै « Khabarhub

काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सवसम्बन्धी समन्वयात्मक छलफल भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जनाए ।

महोत्सवमा कम्तीमा १२ वटासम्म विधाका खेल समावेश गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी खेलाडीलाई खाना तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ । टिम दर्ताका लागि सबै खेलका लागि रु दुई हजारका दरले शुल्क लाग्नेछ र सबै विधाका खेलमा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रोलाई रु १० हजार नगद पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

जिसस प्रमुख गौतमले खेलकुदसँग सम्बन्धित सबै संयन्त्रलाई जिल्लामा आयोजित खेलकुद महोत्सवमा जुट्न आह्वान गरेका छन् । उनले जिल्लामा सञ्चालन गरिने यस्ता खेल महोत्सवबाट नयाँ र कर्मशील खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । महोत्सव उद्घाटन पनौतीको क्षेत्रीय रङ्गशालाबाट गरिने र धुलिखेल, बनेपा र पनौतीमा खेलाइने समेत गौतमले बताए ।

खेल महोत्सवका लागि खर्च तथा बजेट जिल्लाभित्रैबाट व्यवस्थापन गरिने र रु ५० लाख लागतको अनुमान गरिएको आयोजकले जनाएको छ । माघ ९ गतेसम्म टिम दर्ताको मिति तय भएको र आवाश्यकतानुसार खेलका विधा थप्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : ५३ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको