समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता : प्रदेश प्रमुख शर्मा « Khabarhub

समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता : प्रदेश प्रमुख शर्मा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा सङ्घर्ष, त्याग तथा बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान अर्पण गरेका छन्।

उनले सन्देशमा आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबवोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रूपमा सम्झन सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै