सत्ता गठबन्धनको भविष्य राष्ट्रपतिकाे निर्वाचनसम्म : माधव नेपाल | Khabarhub Khabarhub

सत्ता गठबन्धनको भविष्य राष्ट्रपतिकाे निर्वाचनसम्म : माधव नेपाल


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन् ।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ धु्रवीकरणको वातावरण बन्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अबका केही साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउँदै गठबन्धन भत्किएपछि उत्पन्न हुने नयाँ राजनीतिक परिस्थितिले अग्रगमन पक्षलाई पुनः जोड्ने विचार व्यक्त गरे।

उनले विद्यार्थी हकहित र अधिकारका साथै सर्वसुलभ तथा गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिए । मुलुकमा राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि कम्युनिष्ट आन्दोलन जगेर्ना गरी छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको उनको भनाइ थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो सङ्गठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : १७ बजे

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परेर । पहिलो थिए

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक