सत्ता गठबन्धनको भविष्य राष्ट्रपतिकाे निर्वाचनसम्म : माधव नेपाल « Khabarhub

सत्ता गठबन्धनको भविष्य राष्ट्रपतिकाे निर्वाचनसम्म : माधव नेपाल


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन् ।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ धु्रवीकरणको वातावरण बन्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अबका केही साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउँदै गठबन्धन भत्किएपछि उत्पन्न हुने नयाँ राजनीतिक परिस्थितिले अग्रगमन पक्षलाई पुनः जोड्ने विचार व्यक्त गरे।

उनले विद्यार्थी हकहित र अधिकारका साथै सर्वसुलभ तथा गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिए । मुलुकमा राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि कम्युनिष्ट आन्दोलन जगेर्ना गरी छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको उनको भनाइ थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो सङ्गठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : १७ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत