राष्ट्रपति एमालेलाई दिने सहमति भएको छैन : अग्निप्रसाद सापकोटा « Khabarhub

राष्ट्रपति एमालेलाई दिने सहमति भएको छैन : अग्निप्रसाद सापकोटा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए।

राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेकाले सहमतिबाटै राष्ट्रपति चयन हुने विश्वास व्यक्त गरे । उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा केही निष्कर्ष निक्लनेमा उनले विश्वास व्यक्त गरे ।

विगतका अनुभवबाट शिक्षा लिएर सर्वमान्य व्यक्ति, गणतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने, परिवर्तनका निम्ति प्रतिबद्ध व्यक्ति नै अबको राष्ट्रपति हुने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित