सिकलसेल एनिमिया नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री मोदी  « Khabarhub

सिकलसेल एनिमिया नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री मोदी 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रमा सम्बोधन गरेका छन् ।

लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतिशील संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको उल्लेख गरे ।

सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा बोलेका छन् ।

आफू सम्बद्ध पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरूको हक अधिकार थप सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ।’

मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलसेल एनिमियाको विषयमा पनि आफ्नो भनाई राखे । सिकलसेल एनिमियाको विषय आफू थारु समुदाय कै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने,  ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।’

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ११ बजे

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले

डा. यशोदा रिजालको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्चको आदेश, के हो रिजालमाथीको मुद्दा ?

काठमाडौं – उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलले डा. यशोदा

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य