राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो « Khabarhub

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको छ ।

राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको राष्ट्रपति सचिवालयका सदस्यले बताए । श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन लगिएको हो । राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली छ ।

राष्ट्रपति पौडेलका निजी सचिव चिरञ्जिवी अधिकारीका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो ।

केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : २४ बजे

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६