‘जनताले विकास चाहेका छन्, त्यसैले एमालेको जित सुनिश्चित छ’ « Khabarhub

‘जनताले विकास चाहेका छन्, त्यसैले एमालेको जित सुनिश्चित छ’


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा – नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको उपनिर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको सुनाए ।

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा-२ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेण्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।

‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘जनताले अब जातिय नारा बोकेर आउनेलाई होइन, विकासको एजेण्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनताको आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको उनले बताए ।

सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरूलाई जनताले अब चिनिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको दाबी गरे ।

घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलले जनाए । वैशाख १० गते यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रूपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ०१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार