उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित « Khabarhub

उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरू आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधतमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख देवीले आफ्नो जिम्मेवारीमा प्रमुख प्रशासकीय अधिकृतले हस्तक्षेप गरेको भन्दै बोतल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाएर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले घटनामा संग्लन व्यक्तिहरू र उपप्रमुखलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र संग्लन व्यक्तिहरूलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ५८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी