उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित « Khabarhub

उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरू आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधतमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख देवीले आफ्नो जिम्मेवारीमा प्रमुख प्रशासकीय अधिकृतले हस्तक्षेप गरेको भन्दै बोतल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाएर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले घटनामा संग्लन व्यक्तिहरू र उपप्रमुखलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र संग्लन व्यक्तिहरूलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल