‘मध्यवर्ती क्षेत्रको आवश्यकता छैन’ « Khabarhub

‘मध्यवर्ती क्षेत्रको आवश्यकता छैन’


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्यकता नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरे ।

‘आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’ उनले भने । सांसद बर्तौलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरूपमा समाधान गर्न आग्रह गरे । उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गरे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गरे । उनले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पुर्‍याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिए। उनले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रह समेत गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिएको भन्दै ध्यानाकर्षण गाइन् ।

उनले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरहेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : २५ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

एजेन्सी– म्यान्माको सैनिक शासन थप मजबुत हुने संकेत देखिँदै गएको

आगलागीबाट साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका