कर्णालीमा मन्त्रालयको सङ्ख्या पुनः आठ बनाइयो « Khabarhub

कर्णालीमा मन्त्रालयको सङ्ख्या पुनः आठ बनाइयो


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो । 

मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ’, जिसीले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णयअनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन् भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।’

 उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : २३ बजे

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ