प्रतिनिधिसभा बैठक : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको विशेष समयमा बोल्ने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप लगाए । सांसद डा अमरेशकुमार सिंहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिकता पाउनबाट वञ्चित हुनु परेको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिता देवीले १७ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेकामा सबैभन्दा बढी दलित समुदाय बढी प्रभावित भएको बताइन् । सांसद योगन्द्र मण्डलले छ महिनाभित्र नागरिकताको समस्या समाधान गर्छु भनेर प्रधानमन्त्रीले बोलेको तर कहिले समाधान हुन्छ भनी प्रश्न गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले एक दैनिक पत्रिकाले दोहोरो राहदानी प्रयोग गरेको भन्ने समाचारमा आफ्नो नामसमेत मुछेको भन्ने समाचारप्रति गम्भीर आपत्ति प्रकट गरे। उनले सो समाचारका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सत्य तथ्य कुराको मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

सांसद ताराप्रसाद लामाले कञ्चनपुरको बेलौरी छोटी भन्सार तत्काल चालु अवस्थामा ल्याउन आग्रह गरे । सांसद सञ्जय गौतमले सामुदायिक विश्वविद्यालय र विद्यालयमा विद्यार्थीको भर्ना सङ्ख्या घट्दै गएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरे ।

सांसद दयालबहादुर शाहीले विकास निर्माण गर्दा स्थानीय जनतालाई असर नपर्ने गरी बनाउनुपर्नेमा जोड दिए । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाली आमा र बाबुको सन्तानलाई नागरिकता दिन रोक्नुपर्ने कुनै आधार र कारण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

सासंंद् रुक्मणी बराइलीले चार महिनादेखि जनताको समस्याबारे सदनमा राखिरहेको तर संसद्मा राखेका कुरालाई सरकारले ध्यान नदिएकोप्रति ध्यानाकर्षण गराइन् । सांसद रामकृष्ण यादवले नेपाली नागरिक भएर पनि नागरिकताविहीन हुनुपरेको र राज्यका धेरै सुविधाबाट वञ्चित हुनुपरेको र यो समस्या विकराल बन्दै गएको बताउँदै तत्काल नागरिकतासम्बन्धी विधेयक ल्याउन माग गरे ।

साथै उनले मुलुकका धेरै स्थानमा पूर्वाधार निर्माणमा निर्माण व्यवसायीबाट लापरबाही भएकाले यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : १९ बजे

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्