राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका : नैनसिंह महर « Khabarhub

राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका : नैनसिंह महर


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन्।

‘२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा तनहुँका श्रीवध्र शर्माहरूले नेपाली विद्यार्थीले गणित, विज्ञान र सामाजिक विषय पढ्न पाउनुपर्छ भनेर आन्दोलनको शंखघोष गरेको दिन हो। नेपालमा यातायात, शिक्षा, स्वास्थ्य सबै लथालिंग भएको बेला नेविसंघले ती क्षेत्रको व्यवस्थापनका लागि नेविसंघले आन्दोलनको आधिभेरि ल्याएको थियो,’उनले भने। कांग्रेसले प्रजातन्त्र ल्याइसकेपछि नेपालमा थुप्रै विश्वविद्यालय स्थापना भएको महरले स्मरण गरे।

‘अब निस्शुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित सञ्चार, उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भन्ने मूल मर्मलाई राजनीतिज्ञले आत्मसाथ गर्नुपर्छ। यो मुद्दा अझैँ कार्यान्वयन भएको छैन,’ उनले भने। विद्यार्थीको सर्टिफिकेट धितो राखेर राज्यले पढ्न पाउने प्रबन्ध गर्नुपर्नेमा आफूहरूको मागको सामान्य सुनुवाइ भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको महरले गुनासो गरे।

खुला विश्व विद्यालय र सेमिस्टरका कुरा पनि व्यवस्थित हुन नसकेको उनले बताए। ‘अब प्रविधियुक्त वैज्ञानिक शिक्षाको आवश्यकता रहेको छ। हाम्रा युवाहरू गुणस्तरिय शिक्षा हासिलका लागि विदेशिने क्रम अझै बढ्दो छ। अब यो दुखद अवस्था रोकिनु पर्छ’, उनले भने।

यसका साथै फरक प्रसङ्गमा बोल्दै नेता महरले उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। ‘केही व्यक्ति राजनीति फोहोर भयो। पुरानाहरूले काम गरेनन् भनेर जनतामा भ्रम छर्दै आएका थिए। उनीहरू लगातार राज्यको नियम उलंघन गर्दैछन्’ महरले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै महरले एक महिनामात्रै शासन चलाउँदा आदर्श छाट्नेहरू भ्रष्टाचारमा मुछिनु लज्जाको विषय भएको बताए। नयाँ अनुहार यति चाँडै कुरूप र कलंकित हुनुको कारण के होरु भन्दै महरले प्रश्न गरे। सेतो बस्त्रमा लुकेर कालो अनुहार नछोपिने उनले बताए। महरले नेपालको गोप्य सूचना विदेश चुहाउन पनि केही व्यक्ति सक्रिय रहेको आरोप लगाए।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ५ : २६ बजे

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहने हो भने दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार