कर्णाली कांग्रेसमा रडाको : सभापति देउवाको टेलिफोनपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन | Khabarhub Khabarhub

कर्णाली कांग्रेसमा रडाको : सभापति देउवाको टेलिफोनपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा नेपाली कांग्रेसभित्र रडाको मच्चिएको छ । कर्णाली कांग्रेसमा रडाको मच्चिएपछि बुधबार हुने भनिएको मन्त्रिपरिषद विस्तार अन्तिम समयमा आएर रोकिएको छ । कर्णालीमा मन्त्रिपरिषद विस्तार भएसँगै बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरि मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरेपनि शाहीले नमानेर मनोमानी गरेको बताइएको छ । यससँगै सभापति देउवाले आज मुख्यमन्त्री राजकुमार शर्मालाई टेलिफोन गरी सपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ ।

देउवाले फोन गरेर जाजरकोटबाट राजिवविक्रम शाहलगायतका सिनियार नेतालाई मन्त्री बनाउन आग्रह गरेको स्रोतले बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि सपथ रोकिएको हो । जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।

कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो ।

शाहले टेलिफोनमा कुरा गदै आफू अन्यायमा परेको समेत बताए । प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषदबारे ठोस निर्णय हुने स्रोतले बताएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ५ : ०२ बजे

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले