भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’ « Khabarhub

भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरका एक बालकले अण्डाबाट चल्ला उत्पादन गर्ने नयाँ ‘इन्क्युबेटर मेसिन’ को विकास गरेका छन् । जम्मु कश्मीरको कुलगामका १० वर्षीय बालक मोमिन इशाकले यस्तो मेसिनको विकास गरेका हुन् ।

हाल कक्षा २ मा अध्ययनरत इशाकले दुई वर्षको प्रयासपछि यस्तो ‘इक्युबेटर’ मेसिनको विकास गरेका हुन् । उनले विकास गरेको मेसिनले भविष्यमा पोल्ट्री व्यवसायलाई किफायती बनाउने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्थानीय कुखुरा व्यवसायी र साना किसानहरूलाई फाइदा होस् भन्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । आफूले बजारमा रंगीन चल्ला देखेपछि इन्क्युबेटर बनाउने सोच आएको उनले जानकारी दिए ।

मोमिनका बुबा मोहम्मद इशाक तेली भने यति सानो उमेरमा आफ्नो छोराले इन्क्युबेटर विकास गरेकोमा दंग छन् । उनले आफ्नो छोराले यस्तो मेसिन बनउन कडा मेहनत गरेको सुनाए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : १३ बजे

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो