राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव « Khabarhub

राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।

 जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिक लगायत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन् ।

अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउँदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए । उनले पछिल्लो १५ वर्ष मुलुकको नेतृत्वमा बसेकाहरूले देशलाई अघि बढाउन नसकेको आरोप लगाए । मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरूले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा रहेको उनको भनाइ छ । 

फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरूलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए । उनले परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोही नेता नबच्ने स्पष्ट पारे ।

उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए । 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : २१ बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष