अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरिएको आरोप « Khabarhub

अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरिएको आरोप


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का नेता रघुवीर महासेठले विदेशस्थित नेपाली कूटनीतिक नियोगका लागि विनियोजित बजेट वस्तुपरक नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले नियोगका लागि हचुवाका भरमा बजेट निर्धारण गरिएको बताएका छन् ।

‘अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर कनिका छरेझै बजेट छर्ने काम भएको छ । भोजभतेरका लागि भन्दा पनि आर्थिक कूटनीति, पर्यटन, लगानी र निर्यात प्रवर्द्धनका लागि बजेट छुट्याउनुपर्ने थियो, सरकारले त्यसतर्फ ध्यान दिएन’, पूर्वपरराष्ट्रमन्त्री महासेठले भने । 

नियोगमा रहेको असन्तुलित जनशक्ति व्यवस्थापनको समस्या सम्बोधन गर्नेतर्फ बजेटले ध्यान दिन नसकेको उनको भनाइ छ । श्रम गन्तव्य मुलुकमा रहेका दूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीको सङ्ख्या अभाव रहेको र लाखौँ नेपाली श्रमिक रहेको देशमा रहेको दूतावासमा कर्मचारीको अभावका कारण श्रमिकले दुःख पाइरहेको भन्दै उनले दूतावासमा कर्मचारीको व्यवस्था गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । 

ठूलो सङ्ख्यामा नेपाली श्रमिक  कार्यरत मुलुकमा श्रम सहचारीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । ‘जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायत मुलुकमा रहेको दूतावासमा कर्मचारीको सङ्ख्या अत्यन्त न्यून छ, नेपाली कूटनीतिक नियोगको भाडा तिर्न मात्रै  ठूलो रकम खर्चनु परेको छ, सरकारले त्यस्ता मुलुकमा जग्गा खरिद गरेर कूटनीतिज्ञका लागि घर बनाउनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : २६ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री