सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ « Khabarhub

सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो ।

खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद बस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

यसैबीच, रकम माग्दै शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले पासवानले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ ।

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ३८ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद