सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ « Khabarhub

सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो ।

खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद बस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

यसैबीच, रकम माग्दै शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले पासवानले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ ।

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ३८ बजे

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक