महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीको बिदाई « Khabarhub

महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीको बिदाई


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ ।

बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका हुन् ।

सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नेछिन् । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बुले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताए । उनले खेल क्षेत्रको माध्यमबाट नेपाल–इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मान प्रति आभार व्यक्त गरे । उनले युरोपियन लिग खेल्नु चुनौति भएपनि आफुस सामना गर्न तयार रहेको बताए । सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने जिकिर गरे ।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छन् । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्