प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने  « Khabarhub

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड) का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

समितिको आज बसेको बैठकले प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । 

बैठकले प्रस्तावित राजदूतको नाम जानकारी दिने र प्रस्तावित व्यक्ति नियुक्तिका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकको अध्यक्षता गर्दै उनले उक्त प्रस्ताव निर्णयार्थ समिति समक्ष प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत गरेको थियो  ।

आजको बैठकमा केही सदस्यले भने विगतका संसदीय सुनुवाइमा झै प्रस्तावित राजदूत सिफारिस गर्ने सन्दर्भमा संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्त अपनाउने विषयमा के कसो भएको हो भन्नेबारेमा जिज्ञासा राखेका थिए। परराष्ट्र सेवा भन्दा बाहिरका व्यक्तिको नाम प्रस्तावित गरिँदा बैठकमा उठेका विषयलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने सदस्यहरूको भनाइ थियो ।

मन्त्रालयबाट सिफारिस हुँदा केही व्यक्तिलाई दोहोर्‍याइने गरेको, इच्छाएकै स्थानमा पठाइने गरेको तथा केहीले भने त्यो अवसर नपाउने गुनासो रहेकाबारे सदस्यले बैठकलाई जानकारी गराए । राजदूत नियुक्तिमा कम्तीमा ५०  प्रतिशत नघटाई सेवामा रहेका प्रथम श्रेणी तथा विशिष्ट श्रेणीबाट र बाँकी सेवा बाहिरका कूटनीतिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका वा जानकार व्यक्तिलाई पठाउने अभ्यास रही आएको छ । 

 समिति समक्ष प्राप्त हुने उजुरी वा निवेदनका आधारमा स्पष्ट पार्ने मौका प्रदान गर्दै प्रस्तावित राजदूतसँग जिम्मेवारीसम्बन्धी अवधारणा, सोच र रुचिबारे जानकारी लिने प्रचलन रही आएको छ । मुलुकको प्रतिनिधित्व गर्दै तत् तत् मुलुकमा जाने राजदूतले त्यहाँ रहेका नेपालीको हकहित र सुरक्षाको रक्षा गर्ने, आर्थिक समृद्धिका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गराउने, वैदेशिक सहयोग प्राप्त गराउने र लगानी भित्र्याउने कार्य प्राथमिकतामा रहने छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : ०३ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा