स्याङ्जाको कालीगण्डकीमा हप्ताको एक दिन केराका परिकार अनिवार्य « Khabarhub

स्याङ्जाको कालीगण्डकीमा हप्ताको एक दिन केराका परिकार अनिवार्य


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराबाट बनेका परिकार अनिवार्य गरेको छ ।

गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेर जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् । उनले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रुपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको जानकारी दिए ।

‘गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ’, उनले भने । गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उनको भनाइ छ । थापाले केरा खेती गर्ने कृषकलाई यो निर्णयले उत्प्रेरणा र सहजिकरण गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागू गरिने जानकारी दिए । उनले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र बठाइएको बताए । पाण्डेले पहिलो चरणमा केराको सेल रोटी, पकौडा, अचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताए ।

‘आउने बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरुआत गर्नेछौँ, क्रमशः वडा कार्यालयमा, विद्यालयमा र विद्यालयमा संचालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ’, उनले भने, ‘हामीले पालिकाभित्रका सम्पूर्ण होटल, खाजाघर, घरवासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ, त्यस पश्चात अझ धेरै केराका परिकार बन्ने छन् ।’

गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । यसअघि ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो ।

प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाले बृहतरुपमा केराखेती गरेर फल उत्पादन गर्ने, फलको विभिन्न खानाका परिकार बनाउने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।

‘गाउँपालिकाबाट तीन विद्यालय र ९० किसानलाई २० हजार केराका विरुवा वितरण गरिएको छ’, पाण्डेले भने, ‘हाल १८ हजार बिरुवा हुर्किरहेका छन्, यो योजनाबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा करिब नौ सय जना स्वरोजगार बन्ने पालिकाको विश्वास छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ५९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त