लागूऔषधसहित सात जना पक्राउ « Khabarhub

लागूऔषधसहित सात जना पक्राउ


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय  २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उता कपिलवस्तुको बाणगंगा नगरपालिका-७ घेरुवा बनगाई नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १  ग्राम २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-७ बनगाई बस्ने ३६ वर्षीय ज्ञानराज परियार समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी, मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा  सुनसरी ईटहरी उपमहानगरपालिका(२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुशान्त रिजाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : २४ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक