सेयर बजारमा १६.२६ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा १६.२६ अंकको वृद्धि


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा सुधार देखिएको छ । मंगलबार नेप्से सूचक १६.२६ अंकले बढेर १९८५.४३ विन्दुमा आएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । होटेल र ट्रेडिङ बाहेक बाँकी सबै समुह बढेका छन् । हाइड्रोपावर समूहमा सबैभन्दा बढी तेजी आएको छ । यो समूह ३.२१ प्रतिशतले बढेको हो । 

नेप्से सूचकसहित अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बजार निकै तल्लो विन्दुमा आउँदा सेयर मूल्य सस्तो भएको छ । यही बेला लाभांशको सिजन पनि सुरु भएको छ । सस्तो मूल्यमा लाभांशसमेत हात पार्न सकिने भएकाले लगानीकर्ताले सुस्त गतिमा भए पनि सेयर खरिद गर्दै जाने अनुमान गरिएको छ । 

यस दिन २७२ कम्पनीको ४३ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल्स होटेल्सएनआईसी एसिया बैंक परेका छन् । 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ३ : ४४ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको