बाघको छाला र लागूऔषधसहित तीनजना पक्राउ « Khabarhub

बाघको छाला र लागूऔषधसहित तीनजना पक्राउ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ इन्च लम्बाइ, १ फिट १० इन्च चौडाइ भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बैतडी मेलौली नगरपालिका-३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका-१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेम राज जैशी रहेका छन् ।  

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  २ : २३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार