बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार « Khabarhub

बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैँका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा  खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी-बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्। नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन चिहाइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।

नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिएको बताए। कारागारका जेलर कमलापती अधिकारीले दसैँमा कैदीबन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेँसीसहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी-बन्दीलाई खुसी थप्ने बताए।

खसी सहयोग कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो।

लमजुङ कारागारमा ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेको छन्।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ५ : ११ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको