बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार | Khabarhub Khabarhub

बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैँका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा  खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी-बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्। नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन चिहाइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।

नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिएको बताए। कारागारका जेलर कमलापती अधिकारीले दसैँमा कैदीबन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेँसीसहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी-बन्दीलाई खुसी थप्ने बताए।

खसी सहयोग कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो।

लमजुङ कारागारमा ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेको छन्।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ५ : ११ बजे

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा

काठमाडौं – सुरक्षा परिषद बैठकमा इरान र यजरायलले आफ्नो धारणा

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट

लिड्स – भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार