प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डलले चीन भ्रमण गर्दै « Khabarhub

प्यालेस्टिनी अधिकारी र मुस्लिम राष्ट्रको प्रतिनिधिमण्डलले चीन भ्रमण गर्दै


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायल र हमासबीच जारी द्वन्द्वका कारण हजारौँ सर्वसाधारणको ज्यान गइसकेको अवस्थामा ‘प्यालेस्टिनियन अथरिटी (पीए)’ र चार मुस्लिम बाहुल्य मुलुकका विदेश नीतिसम्बन्धी उच्च अधिकारीहरूले सोमबार र मङ्गलबार चीनको भ्रमण गर्ने बेइजिङले घोषणा गरेको छ ।

भ्रमण दलमा वेस्ट बैंकस्थित प्यालेस्टिनियन अथरिटी’, साउदी अरब, जोर्डन, इजिप्ट र इन्डोनेसियाका विदेशमन्त्रीका साथै इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि सहभागी हुने छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रमणका क्रममा चीनले अरब र इस्लामी मुलुकका विदेशमन्त्रीहरूको संयुक्त प्रतिनिधिमण्डलसँग गहन संवाद र समन्वय गरी प्यालेस्टाइन–इजरायलबीचको द्वन्द्वलाई कम गर्न, नागरिकको सुरक्षा गर्न र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्न सहयोग गर्नेछ ।

गत अक्टोबर ७ मा एक हजार ४०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न हमास लडाकू समूहलाई ध्वस्त पार्न सैन्य कारबाही (प्रत्याक्रमण) चलाएको बताउने इजरायली सेनाले हमासले अस्पताललाई आधार शिविरका रूपमा प्रयोग गर्ने गरेको दाबी छ ।

इजरायलको सैन्य अभियानअन्तर्गत भएको कारबाहीमा १२ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको हमासको स्वास्थ्य प्राधिकरणले जनाएको छ । दुवैतर्फ हताहत हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

गत महिना युद्ध सुरु भएपछि चिनियाँ विदेशमन्त्री वाङ यीलगायत चिनियाँ अधिकारीहरूले तत्काल युद्धविराम गर्न र स्थितिलाई ‘शान्त’ बनाउन आह्वान गरेका थिए ।

चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टिनी द्वन्द्वको दुई–राज्य समाधानको समर्थन गरेको छ ।

गत महिना वाङले प्यालेस्टिनी विदेशमन्त्री रियाद अल–मलिकीसँग कुरा गर्दै बेइजिङले प्यालेस्टिनी पक्षप्रति गहिरो सहानुभूति व्यक्त गरेको बताएका थिए । पीएको गठन एक स्वतन्त्र प्यालेस्टिनी राज्यको दिशामा पहिलो कदम थियो ।

तर सन् २००७ मा हमासले हिंसात्मक तरिकाले सत्ताच्युत गरेको गाजामा यसको कुनै प्रभाव छैन र पश्चिम किनारामा उसको सामान्य प्रभाव छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजाको तटीय क्षेत्र र इजरायलको कब्जामा रहेको वेस्ट बैंकलाई एउटै ’पुनरुत्थान’ प्रशासनअन्तर्गत ल्याउनुपर्ने तर्क गरेको केही दिनपछि प्रतिनिधिमण्डल चीन आउन लागेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ३० बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई