स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण « Khabarhub

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– हिमालयन डिस्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ ।

वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो ।

समाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले २० लाखको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको महाप्रबन्धक उपाध्यायले बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५