बैतडीमा दुई जना मृत फेला « Khabarhub

बैतडीमा दुई जना मृत फेला


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका-४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका-६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी छिन् । राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएकी हुन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ५६ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल