निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने  « Khabarhub

निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने 


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताएका छन् । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उनले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताए । 

उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट वञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने बताए। मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकामा प्रशंसा गरे ।

मन्त्री गिरीले मानव अंग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गरे । कार्यक्रममा सांसद राजेन्द्र पाण्डेले प्रत्यारोपण केन्द्रलाई विस्तार गरेर सर्वसुलभ रुपमा अंग प्रत्यारोपण गर्न वातावरण बनाउनुपर्ने बताए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सात प्रदेशबाट मिर्गौला प्रत्यारोपण गर्ने सरकारको तयारी रहेको बताए। उनले १५–१५ दिनमा केन्द्रबाट नै प्रदेशमा जनशक्ति गएर मिर्गौला प्रत्यारोपण गरिने बताए। उनले एकजना मस्तिष्क मृत्युवरणले आठजनालाई अंगदान गर्न सकिने भन्दै अंगदान गर्न जनचेतना जगाउनुपर्ने समेत बताए।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले १० वर्षमा एक हजारमा गरिएको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको बताए। उनले वार्षिक तीन हजार जनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि केन्द्रको क्षमताले दुई सय जनालाई मात्र गर्न सकिने भन्दै क्षमता विस्तार गर्नुपर्ने बताए। उनले अहिले सय शय्यामा सञ्चालनमा रहेको केन्द्रलाई पाँच सय शय्याको क्षमता विस्तार गरी सेवालाई थप बढाउन आवश्यक रहेको बताए । 

केन्द्रको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ भने सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

केन्द्रले २०६९ माघ ६ गतेखि मिर्गौला प्रत्यारोपण र २०६९ कात्तिकबाट मिर्गौलाको डाइलाइसिस सेवा सुरु गरेको हो । 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ४९ बजे

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका