राष्ट्रिय कर्मचारी संगठनको अछाम कार्य समिति गठन « Khabarhub

राष्ट्रिय कर्मचारी संगठनको अछाम कार्य समिति गठन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट झपटबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा दिलाकुमारी साउद, तपेन्द्र साउद र दीपक पाण्डे निर्वाचित भएका छन् । यस्तै सचिवमा धुर्व विक, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा जौला धामी निर्वाचित भएका छन् ।

सदस्यहरूमा भूपेन्द्र बुढा, शंकर थापा, होम साउँद, नरेन्द्र बुढा, भरत शाही, नरेन्द्र वोहरा, दिल्ली रावल र कालु विक निर्वाचित भएका छन् । समितिका निवर्तमान उपाध्यक्ष हर्कबहादुर शाहीको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो ।

कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य तथा अछाम जिल्ला सह(इन्चार्ज सरस्वती रावल रहेकी थिइन् । कार्यक्रममा १ सय २५ जना कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : ११ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल