जसले एक सय दुई पटक रक्तदान गरे « Khabarhub

जसले एक सय दुई पटक रक्तदान गरे


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गरेका छन् । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो ।

जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताए । पैँतालीस वर्षीय उनले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरे । जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताए । “थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो”, उनले भने, “तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु ।”

उनले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिए । उनले नेपालका करिब २३ जिल्लामा रक्तदान गरेका छन् । “कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ”, अधिकारीले भने, “यसै खेर जाने रगतले अरुको जीवन बच्छ ।”

रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उनले बताए। अधिकारीले एक सय आठ पटकसम्म रक्तदान गर्ने सङ्कल्प गरे। “एक सय आठ पटक पु¥याउने सङ्कल्प गरे पनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिनँ”, अधिकारीले भने ।

सोह्र वर्षको हुँदा उनको अचानक नाकबाट धेरै रगत बग्यो । चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईंको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झन्छन् । “अब के गर्ने त डाक्टर साब ?”, उनले प्रश्न गरे ।

त्यसको १५–२० दिनपछि उनले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गरे । “सुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ”, उनले भने, “त्यसैदिन मैले एक सय आठ पटक रक्तदान गर्छु भनेर भगवान्सँग सङ्कल्प गरेँ ।” रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारीले सुनाए ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : २५ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र