गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आज वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरेका हुन् । उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार सधैँ विश्वविद्यालयको हितमा रहने बताए । उनले भने, “प्रतिवेदनमा भएका सबै कुरा हेरेर के गर्ने कसरी अगाडि बढ्ने भनेर भनौंला ।” उनले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे ।

कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय अन्तर्गतको पठनपाठन, अनुसन्धान, अन्वेषण, अविष्कार केन्द्र, जग्गा, भवनलगायत भौतिक अवस्थाका बारेमा मुख्यमन्त्री अधिकारीलाई बुझाएको बताए । उनले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराएका थिए ।

स्पोर्ट्स म्यानेज्मेन्टसँगै विश्वविद्यालयले व्याचलर इन फार्मेसी, व्याचलर इन आइटी, बिएएलबी र बिबिएको कक्षा पनि सुरु गरेको छ । अविष्कार केन्द्रबाट उत्पादन गर्न लागेका सामानको बारेमा पनि जानकारी गराएको उनले बताए । पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । कार्यक्रममा कुलपति गुरुङसँगै उपकुलपति प्राडा नवराज देवकोटा, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, डिन डा. कपिल अधिकारी, योजना प्रमुख सन्दिप कोइराला, अधिकृत ईश्वर सुवेदी उपस्थित थिए।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ४३ बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी