वायुसेवा निगमद्वारा तीन अर्ब साँवा र ब्याज भुक्तानी « Khabarhub

वायुसेवा निगमद्वारा तीन अर्ब साँवा र ब्याज भुक्तानी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब तीन अर्ब भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत  लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।  सोही वर्षको असारमा रु एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरूपमा किस्ता तिर्न सकिएको  प्रवक्ता पौडेलले बताएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ५९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले