वायुसेवा निगमद्वारा तीन अर्ब साँवा र ब्याज भुक्तानी « Khabarhub

वायुसेवा निगमद्वारा तीन अर्ब साँवा र ब्याज भुक्तानी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब तीन अर्ब भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।

निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत  लिएको ऋणको विसं २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।

निगमले २०७९ चैत्र महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।  सोही वर्षको असारमा रु एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार दुई सय एकासी, पुसमा ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापार खुम्चियो । परिस्थिति सहज बनेपछि निगमको आम्दानीमा पनि सुधार आएकाले दुबै कोषलाई नियमितरूपमा किस्ता तिर्न सकिएको  प्रवक्ता पौडेलले बताएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ५९ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती