उपनिर्वाचनको तयारी पुरा « Khabarhub

उपनिर्वाचनको तयारी पुरा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए । त्यस्तै सहायक प्रवक्ता अर्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गर्नका लागि बिहीबार रातीदेखि मौन अवधि सुरु हुने जानकारी दिए ।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ । 

उनले आचारसंहितलाई कार्यान्वयन गराउन जिल्लास्तरीय अनुगमन संयन्त्रका साथै स्थानीय प्रशासन सक्रिय रहेको जिकिर गरे ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ३ : ५७ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,