चितवन क्षेत्र नं २ : मतदानस्थलमा खटिए कर्मचारी « Khabarhub

चितवन क्षेत्र नं २ : मतदानस्थलमा खटिए कर्मचारी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ । 

एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको उनले जानकारी दिए। कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ ।

उप निर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन् । हरेक मतदान केन्द्रमा मतदाता सङ्ख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने उनले बताए। मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उनले बताए। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : १४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले