राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेट


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच मस्कोमा शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ । 

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास  व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिना रुसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रुदेन्कोका बीचमा पनि भेटघाट भएको छ । रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणामा नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रुस भ्रमणमा रहेको छ ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी रावल थापा पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह रहेका छन् । 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : ४५ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति