क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित « Khabarhub

क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हवाना– क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललिलाई पुनःनिर्वाचित गरेको छ ।  

डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बनेका थिए भने सन् २०२१ मा क्युवाली कम्युनिष्ट पार्टीको प्रथम सचिवबनेका थिए। यी दुवै महत्त्वपूर्ण पदमा पुगेका उनी सन् १९५९ को क्रान्ति पछिको पहिलो गैर-क्यास्ट्रो नेता हुन् । 

राउल क्यास्ट्रोले आधिकारिकरूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यका रूपमा भने रहिरहेका छन् । ६२ वर्षीय विद्युतीय इन्जिनियर डियाज-क्यानेलले पदभार ग्रहण गरेदेखि नै क्युबा आर्थिक संकटमा छ । 

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको क्युबासँग संलग्नताको नीतिपछि केही कडा आर्थिक प्रतिबन्धमा माथि विमर्ष गरेकाे सीएनएनले जनाएको छ । यसैबीच महामारीले क्युबाको पर्यटन उद्योगलाई लगभग समाप्त पारेको र गम्भीर खाद्यान्न र औषधि संकटले ग्रस्त छ । 

क्युवाली क्रान्ति पछिको सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन २०२१ जुलाई ११ मा भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : ५१ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा