क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित « Khabarhub

क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हवाना– क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललिलाई पुनःनिर्वाचित गरेको छ ।  

डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बनेका थिए भने सन् २०२१ मा क्युवाली कम्युनिष्ट पार्टीको प्रथम सचिवबनेका थिए। यी दुवै महत्त्वपूर्ण पदमा पुगेका उनी सन् १९५९ को क्रान्ति पछिको पहिलो गैर-क्यास्ट्रो नेता हुन् । 

राउल क्यास्ट्रोले आधिकारिकरूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यका रूपमा भने रहिरहेका छन् । ६२ वर्षीय विद्युतीय इन्जिनियर डियाज-क्यानेलले पदभार ग्रहण गरेदेखि नै क्युबा आर्थिक संकटमा छ । 

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको क्युबासँग संलग्नताको नीतिपछि केही कडा आर्थिक प्रतिबन्धमा माथि विमर्ष गरेकाे सीएनएनले जनाएको छ । यसैबीच महामारीले क्युबाको पर्यटन उद्योगलाई लगभग समाप्त पारेको र गम्भीर खाद्यान्न र औषधि संकटले ग्रस्त छ । 

क्युवाली क्रान्ति पछिको सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन २०२१ जुलाई ११ मा भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ४ : ५१ बजे

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई