गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा « Khabarhub

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । उनले भने , “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।”

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उहाँले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे । “चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छाँै । जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ”, सभापति देउवाले भने–“विसं २००७, २०४७ साल र २०६२÷६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन् ।”

चुनावीसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताए । विचार र सिद्धान्त नभएको पार्टीले देशलाई सुशासन दिन नसक्ने उनको भनाइ थियो ।

सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको उल्लेख गर्दै पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गरे । उनले भने , “अवसरवादीले राजनीतिक दललाई घेराबन्दी गरेका छन्, त्यसलाई तोडेर अघि बढ्नुपर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी चार वर्षमा आम नागरिकले देख्ने गरी विकास हुने बताए। विकासका लागि सत्ता गठबन्धनका उम्मेदवार जिताउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा चितवन क्षेत्र नं २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गरे । उनले भने , “यहाँको विकासका लागि मेरो भूमिका महत्वपूर्ण रहने छ । यहाँको विश्वासलाई धोका दिने छैन ।”

 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : १० बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा