उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता « Khabarhub

उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभागृहमा आज एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र काठमाडौँ महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसीटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सम्झौताको महत्त्व, प्रभावकारी उपयोगसम्बन्धी जानकारी दिनुभएको थियो ।

काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचैन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रिकालीन आवागमनका लागि सिसीटिभी अतिउपयोगी हुन्छ ।

त्यसका लागि काठमाडौँ महानगरपालिकाले प्रहरीलाई रु छ करोड उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ । साथै सिसीटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसीटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसारको हुनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ३२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले