राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ « Khabarhub

राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिव्यक्ति रु २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै वैदेशिक रोजगारका लागि ओमान पु¥याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौँको गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् । उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारका लागि ओमानमा ‘फ्री भिषा फ्री टिकट’मा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान पु¥याई बिक्री गरेको पाइएको छ ।

पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् । पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : २४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले