बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ « Khabarhub

बलात्कार आरोप पछि फरार रहेका एक युवक काभ्रेबाट पक्राउ


६ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

बारा– प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी ल्याएको छ ।

एक १३ वर्षीया बालिकालाई बलात्कार गरी गत कात्तिक देखी फरार रहेका युवालाई काभ्रेबाट पक्राउ गरी ल्याइएको हो । 

यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार बलात्कारको घटना लगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी रहेको जानकारी पाए पछि सोही स्थानमा गएर पक्राउ गरेर ल्याइएको हो । 

गत कात्तिक १६ गते बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटना पछि फरार रहँदै आएका बैठा पक्राउ परेका हुन । सो घटनामा संलग्न अर्का एकजना भने अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको