करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार « Khabarhub

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् ।

करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।

नाटकमा फर्सीबहादुरको रुपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन् ।

त्यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन् । गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ ।

केदार श्रेष्ठद्वारा लिखित उक्त नाटक अञ्जु दाहालको निर्देशनमा तयार पारिएको हो । लेखक श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार गरेको बताए । निर्देशक दाहालले विद्यार्थीलाई करेसाबारीबारे जान्न बुझ्न नाटक महत्वपूर्ण हुने बताइन् ।

‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको उक्त नाटक आमदर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन गरिने भएको छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि समेत उत्तिकै महत्वपूर्ण रहेकाले पब्लिक सोको रुपमा मञ्चन गर्न लागिएको जानकारी दिए ।

करिब एक घण्टा १० मिनेट अवधिको उक्त नाटकमा सङ्गीत संयोजक कमल केसी, मञ्च सजावटको काम अमृत परियार र प्रकाश परिचालनको काम मिलन श्रेष्ठले गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ७ : ४८ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन