प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अडान यथावत « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अडान यथावत


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

यस्तै, उनले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायतका संभावित कार्यसूची छन् ।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएका थियो। तर, साउन १० गते यता म्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट संसद बैठक लगातार अवरुद्ध हुँदा बैठकका कामकारबाही प्रभावित हुँदै आएका छन् ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक अवरुद्ध गर्दै आएका छन्। 

सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ। छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान कायमै छ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मात्रै प्रमुख प्रतिपक्ष र सत्ता पक्षका दलहरूबीच छलफल चलिरहेकाले आजदेखि संसद खुल्ने विश्वास व्यक्त गरेका छन् । तर यसबीचमा प्रतिपक्षी दलबीच कुनै संवाद र सहमति नभएकाले आजको बैठक संचालन हुने सम्भावना पनि न्यून देखिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ३० बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना