‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै « Khabarhub

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो ।

क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय प्रदर्शनी कक्ष रहने बताए ।

यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ ।

मेलामा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

यसैगरी मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको आयोजकले जनाएका छन् ।

यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

प्राचीन सहर बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँ–ठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार भएको सहर हो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका