पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र « Khabarhub

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

महानगरले वडा नम्बर १९ को लामाचौर, वडा नम्बर २१ र वडा नम्बर २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो ।

लामाचौर र वडा नम्बर २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए ।

उनले भने ‘नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा सहरी स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन्छ । थप तीनवटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ ।’

कास्कीकोटको बास्कोटमा पूर्वाधार निर्माणकार्य सुरु भएको छ । बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँदैछ । सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ ।

दुईतलाको सुविधासम्पन्न सो सहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । सो वडामा हाल स्वास्थ्यचौकी सञ्चालनमा छ ।

पोखरा–२४ को तल्लो भाग र वडा नम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधासम्पन्न बनाइने महानगरले जनाएको छ । महानगरका वडाहरूमा ल्याब परीक्षणसहितका शिविर सञ्चालनका अभियानसमेत थालिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकलाई सुविधा हुने बताए ।

सामान्य स्वास्थ्यसम्बन्धी समस्या भएपछि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । पोखरा महानगर मातहतमा अहिले एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र सहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ४३ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट