पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले यस सडक अन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको बताए । उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ ।

सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ११ : ५६ बजे

क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गर्दै माइतीघर मण्डलमा स्वतन्त्र

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा

दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर

काठमाडौं– दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा